We are happy to introduce our Boutique Hotel at Lazimpat Kathmandu

We are happy to introduce our Boutique Hotel at Lazimpat Kathmandu

नेपालकै नमूना 'बुटिक होटेल' बनाउने लक्ष्यका साथ राजधानी काठमाडौँको लाजिम्पाटस्थित साइनी नोरचोक बुटिक होटेल अघि बढिरहेको छ । लकडाउन अगाडि नोरचोक होटल मात्र रहेको यो बुटिक होटेल लकडाउनपश्चात साइनीको व्यवस्थापनले चलाएपछि 'साइनी नोरचोक बुटिक होटेल' बनेको छ, जसका सीईओ दिपक ठाकुर हुन् ।

क्वालिटी र सर्भिसमा कुनै सम्झौता नगर्ने होटलका एक्जुकेटिभ सेफ हेवेन खनालले लोकान्तरलाई जानकारी दिए । स्वादिला खानेकुराहरु पस्कने यस होटलमा कुजिनका अलावा ग्राहकहरुलाई नेपालीपनको आभास दिलाउन टिपिकल नेपाली खानेकुरा डोल्पाबाट ल्याइएका मोरल मसरुम सुप, कर्णालीको मार्सी थाली सेट र सोलुखुम्बुको हिमालयन स्नो ट्राउट माछा जस्ता परिकारहरु पनि मेनुमा समावेश गरिएको छ । पुरानो शैलीको घर, फाइन डाइनिङ्ग, बार, पुराना सजावट सामानहरुबाट एन्टिक महसुस गराउने यस होटलमा मोर्डन हस्पिटालिटीको फ्युजन गरिएको छ ।

नेपाली खाना परिकार पनि समृद्ध रहेको र देशभित्र अनेक किसिमका स्वादिला कुजिन रहेका तर तिनीहरुको प्रचार कम भएको खनालको अनुभव छ । उनले भने, 'अहिले नेपाली परिकारहरुको माग निकै बढेको छ। विदेशीले पनि नेपाल आएर पहिले खोज्ने नेपाली विशिष्ट खानेकुरा नै हो, तर हामीले राम्रोसँग उनीहरुलाई बताउन सकेका छैनौं ।'

Share this Post: